सुनसरी-मोरङ करिडरका साढे ६ सय उद्योगमध्ये करिब १ सय मात्र सञ्चालनमा
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडरमा प्रदेश १ कै सबैभन्दा ठूलो औद्योगिक ग्राम छ। यस क्षेत्रमा एकीकृत रुपमा साना–ठूला करिब ५ सयभन्दा बढी उद्योग खोलिएका छन् । कोरोना कहरबीच लकडाउनका बेला डेढ महिनासम्म यस क्षेत्रका उद्योग पूर्ण रुपमा बन्द भएका थिए। लकडाउन खुकुलो भएपछि यतिखेर उद्योगहरु फाट्टफुट्ट पुन:सञ्चालन हुन थालेका छन्। तर, सहजै सञ्चालन भइरहेका छैनन्। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनको स्वरुप बदलेर जिल्ला-जिल्लामा निषेधाज्ञा लागु गरिएको छ। यहाँका उद्योगहरू पनि त्यसकै मारमा परेका छन् । आवश्यक कच्चापदार्थ अभाव भएको छ। कच्चापदार्थ नै नपाएपछि पूर्ण क्षमतामा उद्योग चलाउन नसकिरहेको उद्योगीहरू बताउँछन्। पूर्ण क्षमतामा चलाउने लक्ष्यसाथ उद्योग खोलिएपनि यसो गर्न सकिएको छैन। साढे ६ सयमध्ये करिब १ सय मात्र सञ्चालनमा औद्योगिक क्षेत्रमा रहेका करिब साढे ६ सय उद्योगमध्ये १ सय उद्योगमात्रै अहिले आंशिक सञ्चालन गरिएको छ। तर, ती उद्योग पनि कच्चा पदार्थ, मजदुर र बजार अभावमा बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालकहरूले गुनासो गर्न थालिसकेका छन्। यस औद्योगिक करिडोर क्षेत्रमा निर...