पीसीआर टेस्टको मुल्य घट्यो, अव दुइ हजार मात्र


 काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो । सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

पीसीआर परीक्षणको शुल्क २४ सय रुपैयाँ घटेसँगै अब दुई हजार रुपैयाँमा कोरोना परीक्षण हुनेछ । सुरुमा सरकारले ५५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो । भदौ १४ गते ११ सय रुपैयाँ शुल्क घटाए ४४ सय रुपैयाँ लिएर पीसीआर गर्न पाइने निर्णय गरेको सरकारले आइतबार थप २४ सय रुपैयाँ घटाएको हो । यस्तै बंगलादेशबाट आएको रेम्ड़ेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार रेम्ड़ेसिभिर प्रयोग गर्न सुचिकृत बाहेकका अस्पतालहरुमा विरामीको चाप हेरेर वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण परिषदले मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । हालै ५ हजार भाइल रेम्ड़ेसिभिर प्राप्त गरेको मन्त्रालयले जनाएको छ । एम्वुलेम्सलाई बिरामी बोक्ने बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा दर्ता खारेज गरिने निर्णय पनि सरकारले गरेको छ ।

Comments

Popular posts from this blog

बालबालिकाका लागि मोबाइलको प्रयोग घातक

Near-perfect' coronavirus vaccine could be ready for approval by October

Nepal Airlines’ Sr Pilot Vijay Lama tests positive for Covid-19