बालबालिकाका लागि मोबाइलको प्रयोग घातक

 बिर्तामोड, कोरोना भाइरसले विश्वका धेरै  देशमा महामारीको रुप लिइरेहेका बेला धेरै बालबालिकाको मोबाइलमै झुण्डिने प्रवृत्ति बढेको छ । यसले बालबालिकाको आँखामा गम्भीर असर पर्ने चिकित्सकहरुले बताएका छन् ।

बिर्तामोडस्थित दृष्टि आँखा अस्पतालमा एक वालिकाको आँखा जाँच गर्दै नेत्र रोग विशेषज्ञ अजित ठाकुर ।

तपाईंको बच्चाले दिनमा कति समयसम्म टेलिभिजन हर्ने तथा मोबाइल चलाउने गर्छन् ? सायदै ख्याल गर्नु भएको होला । सूचना प्रविधिको विकाससँगै बालबालिकामा टेलिभिजन र मोबाइलमा रमाउने लत पनि बढ्दै गएको छ । तर, यो लतलाई समयमै अभिभावकले छुटाउन नसकेको खण्डमा उनीहरुको शारीरिक विकासमा गम्भीर समस्या देखिने चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत दिएको छ । संगठनले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई ग्याजेट स्क्रीनबाट टाढै राख्न सूचित गरिएको छ । बालबालिकालाई धेरै समय खेलकुदमा बिताउने र पर्याप्त मात्रामा सुत्ने वातावरण बनाउन आवश्यक रहेको डब्लुएचओले जनाएको छ ।

बालबालिकाले दिनमा एक घण्टाभन्दा बढी समय टेलिभिजन र मोबाइल हेर्नु उनीहरुको स्वास्थ्यका लागि खतरा हुने बताइएको छ । अहिले कोरोनाका कारण अनलाइन कक्षाले विद्यार्थी घरबाटै पढ्ने, कामकाजी तथा समय कटाउनका लागि सामाजिक सञ्जाल चलाउने गृहिणीसम्मलाई स्मार्टफोन, ट्याब्लेट, ल्यापटप वा कम्प्युटरको लत बढाएको छ । जुन स्वास्थ्यको दृष्टिले पनि खतरनाक हुने बताइएको छ । एउटा रोगबाट बच्न खोजिरहँदा मोबाइलमार्फत अर्को दीर्घकालीन रोगलाई निम्त्याइरहेका त छैनौं भन्ने चिन्ता पनि बढ्दै गएको छ । यो बेला बालबालिका घरमै बस्ने भएकाले लामो समय मोबाइल तथा टेलिभिजन हेर्न नदिन दृष्टि आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ अजित ठाकुरले सुझाव दिएका छन् । बालबालिकालाई धेरैभन्दा धेरै खेल्ने अवसर दिइनुपर्ने र मोबाइल प्रयोगमाथि पूर्ण रुपमा रोक लगाउनुपर्ने ठाकुरको भनाइ छ । अनलाइनको प्रयोग गरेर अध्ययन अध्यापन शुरु भएकाले अध्ययन सकेपछि नानीहरुलाई मोबाइल प्रयोग गर्न नदिन नेत्ररोग विशेष ठाकुरले आग्रह गरे ।दुई वर्षभन्दा कम उमेरको बच्चालाई एक घण्टाभन्दा  बढी समय टेलिभिजन तथा मोबाइल हेर्न दिन हुँदैन ।

उसलाई ११ देखि १४ घण्टा सुत्न आवश्यक हुने चिकित्सकको भनाइ छ । सानै उमेरमा बालबालिकालाई मोबाइल प्रयोग गर्न दिँदा आँखामा सुख्खापन हुने, नजिकबाट मोबाइल चलाउँदा आँखामा बढी प्रेसर पर्ने भएकाले आँखा रातो
हुने, आँखा सुन्निने, पोल्ने तथा आँखा झिम्क्याउने क्रम कम हँुदा सानै उमेरमा बालबालिकामा आँखा सम्बन्धी समस्या हुने गरेको विशेषज्ञ ठाकुरले बताए । पछिल्लो समय दृष्टि आँखा अस्पतालमा आँखाको समस्या लिएर आउने बालबालिका बढ्दै गएको उनको भनाइ छ ।

Comments

Popular posts from this blog

Near-perfect' coronavirus vaccine could be ready for approval by October

Nepal Airlines’ Sr Pilot Vijay Lama tests positive for Covid-19