राष्ट्रियसभा सदस्य वामदेवले लिए सपथ

 

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन्। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्।
गौतमले अपराह्न सिंहदरबारस्थित कृषि समितिको सभाहलमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो। सो निर्णय बुधबार राष्ट्रपति कार्यालयमा पुगेको थियो।सपथ लिए संगै बर्दिया १ बाट प्रतिनिधिसभा चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतम ‘माननीय’ भएका छन्।

Comments

Popular posts from this blog

बालबालिकाका लागि मोबाइलको प्रयोग घातक

Near-perfect' coronavirus vaccine could be ready for approval by October

Nepal Airlines’ Sr Pilot Vijay Lama tests positive for Covid-19